अनेरास्ववियु जनप्रिय बहुमुखी क्याम्पस कमिटीद्वारा बिद्यार्थीलाई सेनेटेरी प्याड वितरण
असोज २०/राम बहादुर रोका: कास्की जिल्लाको पोखरा महानगरपालिका वडा.न.-८ सिमलचौर स्थित जनप्रिय बहुमुखी क्याम्पस अनेरास्ववियु कमिटीले एक कार्यक्रमबीच दलित बस्तीका विद्यार्थी दिदिबहिनीलाई लक्षित गरी सेनेटरी प्याड वितरण गरेको हो ।
गत शुक्रबार अनेरास्ववियु जनप्रिय बहुमुखी क्याम्पस कमिटीले आयोजना गरेको सो कार्यक्रममा सेनेटरी प्याडको मुल्यमा कर बढाएर थप मुल्य वृद्धि गरेको सरकारलाई रातो कर खारेज गर भन्दै एक रचनात्मक साथै सचेतमुलक आन्दोलन गरी ध्यानाकर्षण कार्यक्रम सम्पन्न गरेको कमिटी सचिव सागर प्रसाद शर्माले जानकारी दिनुभयो ।
सो कार्यक्रममा एउटा डोनेसन बक्स राखिएकोमा स्वैच्छिक रुपमा आर्थिक सहयोग गर्नुहुने महानुभावबाट तीन हजार पाँच सय पैँतीस रुपैयाँ संकलन भएको र सोही कमिटीले आज पोखरा महानगरपालिका -२१ महोबारी दलित बस्तीका विद्यार्थी दिदिबहिनीहरुलाई लक्षित गर्दै ५० पिस सेनेटरी प्याड हस्तान्तरण गरेको कमिटी सचीव शर्माले बताउनुभयो ।
सचिव शर्माका अनुसार आज सम्पन्न भएको कार्यक्रममा समुदायका करिब ५० महिला दिदिबहिनीहरुको उपस्थितमा महिनावारी सम्बन्धी सामान्य जनचेतनामूलक प्रशिक्षण साथै सेनेटरी प्याडको फाइदा एवं स्वास्थ्यमा पर्ने असरको बारेमा थोरै कुरा समेत कार्यक्रममा गरिएको शर्माले जानकारी दिनुभयो र आगामी दिनमा सशक्त भई सामाजिक कार्यमा सधैं अनेरास्ववियु जनप्रिय बहुमुखी क्याम्पस कमिटी सक्रिय हुने प्रतिवद्वता समेत गर्नुभयो ।
आज गरिएको कार्यक्रमको समन्वय महेन्द्र मन्नुले गर्नुभएको थियो भने कास्की जिल्ला समन्वय समितिकी सदस्य सीता बि.क.ले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्