आज देशभर नेकपा एमालेको वडा अधिवेशन हुँदै

कार्तिक ६/स्याङ्जा: आज स्याङ्जा जिल्ला सहित देशभरका सबै जिल्लाका स्थानीय निकायको वडा-वडामा नेकपा एमालेको अधिवेशन हुँदै छ।

विधान महाधिवेशन पछिको पहिलो र पार्टी पुनर्गठन पश्चात हुँदै गरेको अधिवेशन भएकाले यसलाई पहिलो अधिवेशन भनिएको र गाउँ नगर अधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रुपमा गर्ने कार्यक्रम रहेको नेकपा एमालेले जनाएको छ।

पार्टीको वडा कमिटि ३१ र पालिका कमिटी ७५ सदस्य हुनेछ । दुवै कमिटीमा १ तिहाई महिलाको सहभागिता गराउनुपर्नेछ । वडा र पालिका स्तरको कमिटीमा पदाधिकारी संख्या बराबर हुनेछ। जसमा १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिव चयन हुनेछन्।

Share Post on Social media