अनेरास्ववियु स्याङ्जाको ३८ सदस्यीय जिल्ला कमिटी गठन सम्पन्न

मंसिर ३/स्याङ्जा: अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन स्याङ्जाको जिल्ला कमिटी गठन सम्पन्न भएको छ। आज सम्पन्न कार्यक्रममा विभिन्न पदाधिकारीको टुङ्गो लगाइएको जानकारी अनेरास्ववियु स्याङ्जाका नवनिर्वाचित सहसचिव सागर थापा डल्फिनले दिए।

साझा स्वास्थ्य संस्था नेपालका केन्द्रीय अध्यक्ष तथा नेकपा एमाले स्याङ्जा जिल्ला सचिवालय सदस्य र महाधिवेशन प्रतिनिधि सन्तोष केसीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथि नेकपा एमाले भीरकोट नगरपालिका अध्यक्ष विश्वनाथ अर्याल रहेका थिए।

आज गठित समितिको टिम यस प्रकार रहेको छ।

अध्यक्ष: सगुन राना
उपाध्यक्ष: कृष्ण जिसी
सचिव: नविन पौडेल
सहसचिव: दिनेश खनाल
सहसचिव: सागर थापा डल्फिन
सहसचिव: सरु न्यौपाने सहित ३८ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो।

Share Post on Social media