क्षेत्रीय प्रतिनिधि रोकाले जिल्ला सदस्य पदको उम्मेदवारी फिर्ता लिए

मंसिर ९/स्याङ्जा: राम बहादुर रोकाहा , नेपाली काङ्ग्रेसको चलिरहेको अधिवेशन अन्तर्गत भोलि हुने चुनावको अघिल्लो दिन आज स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नं १ मा रमेश रोकाहाले आफ्नो जिल्ला सदस्य पदको उम्मेदवारी फिर्ता लिएका छन् ।
नेपाली काङ्ग्रेसलाई बल होइन , विचारको धारमा बहिस्कार होइन अङ्गालेर समृद्धिको बाटोमा डोहोर्याउन चाहने क्षेत्रीय प्रतिनिधि रमेश रोकाहाले अग्रजहरुलाई स्थान दिँदै जिल्ला सदस्य पदमा रहेको उम्मेदवारीलाई आफ्ना फिर्ता लिएको घोषणा गरेका हुन् ।
स्याङ्जा जिल्ला अर्जुनचौपारी गाउँपालिका वडा नं. -६ कुन्चेबारी घर भएका रोकाहा विगत करिब डेढ दशकदेखी विवेक , सामर्थ्य , समय र श्रोतसाधनले भ्याएसम्म नै विभिन्न परिप्रेक्षमा राजनीति र आवद्ध पार्टीका गतिविधिहरुमा निरन्तर सरिक हुँदै आएका थिए ।
यसै बिच पार्टीको चालू १४ औं महाधिवेशनमा राजनैतिक पृष्ठभुमि र संस्कारबाट चलायमान युवा वर्गहरुको उल्लेखनीय सहभागीता हुनुपर्ने र अनेकन असामाजिक , अराजनीतिक गतिविधिहरुका विरुद्ध आवाज बुलन्द पार्नुपर्ने मान्यताका साथ जिल्ला सदस्य पदको उम्मेदवारी घोषणा गरेका रोकाहाले आज आफ्नो उम्मेदवारी फिर्ता लिएको अवगत गराएका छन् ।
रोकाहाले आफ्नो जिल्ला सदस्य पदमा रहेको उम्मेदवारी फिर्ता लिएको कारणसहितको संक्षिप्त्त व्यहोरा यश प्रकार रहेको छ :-
जिल्ला सदस्य पदमा रहेको उम्मेदवारी फिर्ता गरेको कारणसहितको संक्षिप्त्त व्यहोरा सम्पुर्ण आदरणीय सुभचिन्तक ज्युहरुमा……
बिगत करिब डेढ दशकदेखी विवेक, सामर्थ्य, समय र श्रोतसाधनले भ्याएसम्म नै निरन्तर विभिन्न परिप्रेक्षमा राजनीति र आवद्ध पार्टीका गतिविधिमा सरिक हुँदै आएको छु। यस बिच अवधीमा पार्टीप्रतिको कर्तब्य निर्वाह गर्दै समानान्तर रुपमा पार्टी, समाज, नेतृत्व र समुदाय भित्रका बिकृती एवं बिसङ्गतीका सवालमा आफ्नो आवाज बुलन्द पार्ने कर्म पनि निरन्तर रह्यो। कार्यकर्ताको मनमा रहेपनी यस्तै स्वस्थ आलोचनात्मक शैलिका कारण नेता, नेतृत्वका नजरमा केही धेरैथोरै बिझाइदै आइएको र कत्तिपनि बिचलित नभएको पनि सत्य हो।
पार्टीको चालू चौधौं महाधिवेशनमा राजनैतिक पृष्ठभुमि र सस्कारबाट चलायमान युवा वर्गहरुको उल्लेख सहभागीता हुनुपर्छ र यस्ताखाले अनेकन असामाजिक, अराजनीतिक गतिविधिका विरुद्ध आवाज बुलन्द पार्नुपर्छ भन्ने मान्यताका साथ जिल्ला सदस्य पदमा मैले पनि आफ्नो उम्मेदवारी घोषणा गरेको थिए। अभिभावकविहिन बनेको वार्डको परिप्रेक्ष्यमा महाधिवेशनमा केही प्राथमिक उदेश्यहरु थिए जुन् उदेश्यहरु वार्डका अग्रज युवाहरुको बिजयसङ्गै हाललाई पुर्ती भएका छन् र यो मानेमा अर्जुनचौपारी पालिका सफल भएको छ।
इच्छाशक्ति र दर्शन भएर मात्र राजनीतिमा दरिलो नभईने, टिम नभई चुनाब नजितीने, टिममा देखिँदा आधुनिक सतिप्रथाको मतियार भइने र रचनात्मक भुमिकामा रहदा नेतृत्वको नजरमा नपरिने वातावरणको बिकास भएको, वार्डले हाल पार्टिको राम्रो नेतृत्व पाएको, उहाँहरुको कार्यसम्पादन हेर्न बाकी नै रहेको,बिजेता अग्रजहरुसङ्ग सहकार्य गरि न्युनतम राजनैतिक सुद्धताका लागि सहयात्री बन्नु पहिलो दायित्व रहेको महशुस भइ परिवार, अग्रज, निकट सुभचिन्तक, वार्ड नम्बर ६ सभापति हुँदै जिल्ला तहसम्मका आदरणीय नेतृत्वसङ्ग विमर्श गर्दा हाल मैले उम्मेदवारी फिर्ता गर्दा तर्कसङ्गत देखिने भएको हुँदा जिल्ला सदस्य पदमा रहेको मेरो उम्मेदवारी फिर्ता भएको व्यहोरा सम्पुर्ण आदरणीय सुभचिन्तक ज्युहरुमा सादर अवगत गराउन चाहन्छु ।
पालिकाबाट सोही पदमा ३ जनाको उम्मेदवारी परेको, सर्वसम्मतको वातावरण नबनेकोले मेरो उम्मेदवारी फिर्तापछी बाकी अग्रजद्वय पुर्व पालिका सभापती बोधनारायण रेग्मी र ५ नम्बर पार्टी सभापती मामा हरि प्रसाद पौडेल ज्युलाइ सहमतिको वातावरण बनाउनका लागि सादर अपिल गर्दछु। आगामी दिनमा थप राजनैतिक योग्यता तथा श्रोतसाधनको उपलब्धि हासिल गरि पार्टीमा मृत बैचारिक बिमर्श, बिधि बिधानको गतिशिलताको सस्कारको पुनरागमन भएछ भने आवश्यकता बमोजिम यहाँहरुको साथ, सहयोग, रचनात्मक सुझाब र आशिर्वाद सिरोपर गरेर अर्कोपटक मैदानमा उत्रनेछु।

Share Post on Social media