स्याङ्जा काँग्रेस सभापतिमा थापा विजयी

मंसिर ११/स्याङ्जा: नेपाली कांग्रेसको स्याङ्जा जिल्ला सभापतिमा संविधान सभा सदस्य राजु थापा विजयी भएका छन्।


राजु थापाले १११७ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी तथा गण्डकी प्रदेश सभा सांसद् भागवत प्रकाश मल्ललाई ३२ मतले पराजित गरे। भागवत प्रकाश मल्लले १०८५ मत ल्याए।

यस्तै उपसभापतिका सबैभन्दा बढि मतले केदार काफ्ले विजयी भऐका छन् भने सचिवमा गुरु भट्टराई निर्वाचित भएका छन् ।

Share Post on Social media