नेकपा एमाले स्याङ्जाद्वारा आयोजित सांकेतिक र्याली सम्पन्न
माघ १७/स्याङ्जा: राम बहादुर रोकाहा:- जिल्लाको सदरमुकाममा नेकपा एमाले स्याङ्जाले आयोजना गरेको सांकेतिक र्याली आज सम्पन्न भएको छ ।
“स्थानीय तहको निर्वाचन संविधान तुरुन्त घोषणा गर , संविधान र लोकतन्त्रको रक्षा गर” भन्ने मुल नाराका साथ स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं.१ स्थित सदरमुकाममा कोणसभा गरि सांकेतिक र्याली सम्पन्न भएको हो ।
स्याङ्जा जिल्लामा क्रियासिल सबै जनसंगठनहरुको संयुक्त सांकेतिक र्याली सहित आज दिउँसो करिब १:४० बजेदेखि मदन आस्रित स्मृति भवन(नेकपा एमाले स्याङ्जाको पार्टी कार्यालय)मा जम्मा भई स्याङ्जा बजार परिक्रमा गरि करिब २ बजे जिल्ला प्रशासन कार्यालय स्याङ्जा अघि पुगि कोणसभामा परिणत भएको हो ।
नेकपा एमालेमा आवद्ध भातृ संगठनहरुको उपस्थितिमा भएको उक्त र्यालीको टोलिले स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल समक्ष ज्ञापन पत्र बुझाइएको नेकपा एमाले स्याङ्जाका अध्यक्ष सुर्यप्रसाद गैरे(पारस)ले जानकारी दिनुभयो ।
नेकपा एमाले स्याङ्जाको आयोजनामा रहेको उक्त कार्यक्रम जिल्लाका अध्यक्ष सुर्यप्रसाद गैरे(पारस)को प्रमुख आतिथ्यतामा रहि राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाका संयोजक किसान श्रेष्ठको अध्यक्षतामा नेकपा एमालेमा आवद्ध भातृ संगठनहरुको करिब ६० जनाको उपस्थितिमा सम्पन्न भएको हो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्