स्याङ्जामा संगठन विस्तार गर्दै नेकपा “एस”

रामबहादुर रोका, माघ २३:नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) स्याङ्ग्जाले संगठन निर्माणलाई तिव्र पारेको छ ।

जिल्लाका गाउँ तथा नगरपालिका गठनपछि तल्लो तह वडा तथा टोलमा संगठन बिस्तार गरेको नेकपा “एस”ले यही ०७८ माघ २१ गते स्याङ्जा जिल्ला सदरमुकाम स्थित पुतलीबजारनगरपालिका वार्ड नं १ र २२ गते गल्याङ्ग नगरपालिका ११ मा उल्लेख्य जनसहभागिताबाट नेकपा (एकीकृत समाजबादी) को वार्ड कमिटी गठन भएको छ । पुतलीबजार १ को अध्यक्षमा अर्जुन पौडेल, उपाध्यक्ष मायाघले गुरुङ, प्रेम खाती, सचिव रफिक मियां र उपसचिवद्वय आरती बिक, रामु पोख्रेल रहेको ४५ सदस्यीय कमिटी निर्माण सम्पन्न भएको जिल्ला उपसचिव एवं पुतलीबजार नगर कमिटी अध्यक्ष श्री गुरुङले जानकारी दिनुभयो ।


त्यसैगरी गल्याङ्ग नगरपालिका वडा नम्बर ११ मा पनि वार्ड कमिटी गठन गरिएको जनाइएको छ । गल्याङ्ग न. पा. ११ मा शिबलाल अर्याल को अध्यक्षतामा उपाध्यक्ष द्वय कृष्ण प्रसाद खनाल र एकनारायण अर्याल, सचिव प्रकाश अर्याल, उपसचिवद्वय भावना भट्टराई र कल्याण कंडेल सहितको ४१ सदस्यीय वार्ड कमिटी गठन गरिएको जिल्ला सचिव टिकाराम नेपालीले जानकारी दिनुभयो ।
नेकपा एस स्याङ्ग्जा जिल्ला इन्चार्ज प्रेम नारायण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न दुवै कार्यक्रममा केन्द्रिय परिषद सदस्यहरु लोकराज शर्मा र गुमान सिंह थापा बिशिष्ट अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो साथै केन्द्रिय अनुशासन आयोग सदस्य खड्क नेपालीको पनि बिशेष उपस्थिति थियो।


जिल्ला कमिटी अध्यक्ष राम चन्द्र भट्टराई, उपाध्यक्ष बिष्णु गिरी, सचिव टिकाराम नेपाली, पूर्व सांसद महेन्द्र थापामगर, सचिवालय सदस्यद्वय शंकरध्वज कार्की र राजेन्द्र मरासिनि, जिल्ला सदस्य साहिरा बानु, मोहन आचार्य, नेत्र बहादुर थापा, र डोलराज गौतमले पुतलीबजारको कार्यक्रमलाई र गल्याङ्गको कार्यक्रमलाई अनेरास्ववियूका केन्द्रिय उपमहासचिव राजन शर्मा पराजुली र गल्याङ्ग नगर अध्यक्ष गोपाल प्रसाद अर्यालले मन्तव्य राख्नुभएको थियो ।

Share Post on Social media