आयोजक रामभञ्याङलाई हराउँदै नेपालतारा गल्याङले जित्यो फाइनल

फागुन २१/स्याङ्जा: “स्वास्थ्यका लागि खेलकुदमा ध्यान, संस्कृति जोगाऔं हाम्रो अभियान” भन्ने मुल नाराका साथ महाशिवरात्रि पर्वको पावन अवसरमा रामभञ्याङ युवा क्लब भीरकोट वडा नं १ ले आयोजना गरेको वडास्तरीय भलिबल प्रतियोगिताको एक कार्यक्रममा बीच आज सम्पन्न भएको छ।

सुनिल जिटीले सञ्चालन गरेको भलिबल खेल प्रतियोगिताको समापन कार्यक्रम राम जिटीको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य हिरामाया माझीले राखेकी थिइन् भने शुभकामना मन्तव्य किरन केसीले राखेका थिए।

नेकपा एमालेका जिल्ला सचिवालय सदस्य तथा केन्द्रीय पार्षद सदस्य सन्तोष केसीको प्रमुख आतिथ्यता, नेकपा एमाले भीरकोट अध्यक्ष विश्वनाथ अर्याल, नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य भक्तबहादुर केसी, भीरकोट नगरपालिकाका प्रवक्ता तथा वडा नं १ का वडाध्यक्ष दीपेन्द्र केसी, वडा नं ६ का वडाध्यक्ष लक्ष्मण खत्री लगायतका व्यक्तिहरुको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न वक्ताहरुले खेलकुद र खेलाडीको विषयमा आफ्नो धारणा राखेका थिए।

पाँच दिन चलेको उक्त भलिबल प्रतियोगितामा आयोजक टोली रामभञ्याङ युवा क्लबलाई ३-० को सेटमा हराउँदै नेपाल तारा युवा क्लब गल्याङले प्रथम पुरस्कार नगद रु ३०००० सहित ट्रफि मेडल र प्रमाणपत्र हासिल गरेको छ। यस्तै आयोजक टोलीले दोश्रो स्थान हासिल गरेको छ। उसले नगद रु २५००० मा चित्त बुझायो।

स्याङ्जा जिल्लाका विभिन्न पालिकाहरुबाट २५ भन्दा बढी टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ।

Share Post on Social media