लागूऔषध सहित स्याङ्जामा दुई जना पक्राऊ

फागुन २१/स्याङ्जा: स्याङ्जामा लागूऔषध सहित दुई जना पक्राऊ परेका छन्।

स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नं. १ ट्राफिक चोकस्थित बसपार्कमा शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्ने क्रममा दुई किशोरलाई अवैध लागू औषधसहित शुक्रवार दिउँसो स्याङ्जा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका-१४ बस्ने १९ वर्षीय सुनिल परियार र परिवर्तित नाम ‘०७८/०७९ पोखरा ६’ रहेका छन् ।


शुक्रबार दिउँसो अन्दाजी ३:३० बजेको समयमा प्रहरी अधिकृत सहित खटिएको जिल्ला प्रहरी टोलिले निज दुई किशोरलाई चेकजाँच गर्दा उनिहरुबाट २० एम्पुल डाइजेपाम , २२ एम्पुल नुर्फिन र २२ एम्पुल फेनरागन साथै १ थान सिरिन्ज फेला पारी बरामद गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी निरीक्षक शिव थापाले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक थापाका अनुसार पक्राउ परेका किशोरहरुलाई आज आइतबार जिल्ला अदालत स्याङ्जाबाट म्याद थप लिई अनुसन्धान कार्य भइरहेको बताउनुभयो ।

Share Post on Social media