स्याङ्जा सहयोग समाज भीरकोट नगर इकाइद्वारा छायाँक्षेत्र मन्दिरलाई कुर्सी हस्तान्तरण

फागुन २४/स्याङ्जा: स्याङ्जा सहयोग समाज भीरकोट नगर इकाइद्वारा छायाँक्षेत्र मन्दिरलाई पचास सेट कुर्सी हस्तान्तरण गरिएको छ।

एक कार्यक्रमका बीच आज पचास कुर्सी हस्तान्तरण गरिएको हो। उक्त कार्यक्रममा बोल्दै छायाँक्षेत्र मन्दिर संरक्षण समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गर्दै छायाँक्षेत्र मन्दिरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत प्रचारप्रसार गर्न र यसको गरिमालाई फैलाउन अनुरोध गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि भीरकोट नगरपालिकाका नगरप्रमुख छायाराम खनालले यस्ता सामाजिक सेवामा सहकार्य गर्न नगरपालिका पनि तयार रहेको भन्दै पुनित कार्यमा सबै जुट्न अनुरोध गरेका थिए।

नेकपा एमाले भीरकोट नगर अध्यक्ष विश्वनाथ अर्याल, नेपाली कांग्रेस स्याङ्जा जिल्ला सदस्य तोयनाथ अर्याल, नेपाली काँग्रेसका भीरकोट नगर सभापति यामप्रसाद अधिकारी, भीरकोट नगरपालिका कार्यपालिका सदस्य बिष्णुमाया काफ्ले, नगरप्रवक्ता दीपेन्द्र केसी लगायतका वक्ताहरुले सहयोगको उच्च सम्मान गर्दै कला, संस्कृति र धार्मिक महत्व बोकेको छायाँक्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्ने धारणा राखेका थिए।

स्याङ्जा सहयोग समाज भीरकोट इकाइ सदस्य विदुर कोइरालाले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा अध्यक्षता थमनारायण रेग्मीले गरेका थिए। उक्त कार्यक्रममा केशर केसीलाई विदेशमै रहेर पनि समाजसेवामा समर्पित रहेको भन्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

आउँदा दिनमा पनि स्याङ्जा सहयोग समाज भीरकोट दोहा कतार भीरकोट नगर इकाइका संस्थापक संयोजक दिवानसिंह सिंजाली, अध्यक्ष अजमत अलि लगायतका स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकाका विभिन्न क्षेत्रमा विभिन्न सहयोग गर्ने प्रतिबद्धता जनाएको थिए।

करिब ४० जना विभिन्न पेशा, व्यवसाय र सेवामा समर्पित व्यक्तिहरुको उपस्थिति थियो। उक्त कार्यक्रमको सञ्चालन स्मार्ट अखबार डटकमका संचालक तथा प्रधान सम्पादक नारायण प्रसाद कोइरालाले गरेका थिए।

Share Post on Social media