अर्जुनचौपारी गाउँपालिकाले भोलि सार्वजनिक सुनुवाई गर्ने।

वैशाख ६/स्याङ्जा: स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ सालको अर्धवार्षिक अवधिको सार्वजनिक सुनुवाई गर्ने भएको छ।‌‌

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्वल बहादुर बस्नेतले एक विज्ञप्ति जारी गर्दै भोलि हुने सार्वजनिक सुनुवाई कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकामा बसोबास गर्ने सम्पूर्ण गाउँपालिकावासी, राजनैतिक दल तथा प्रतिनिधि, शिक्षक, पत्रकार, सरोकारवालाहरु सबैलाई उपस्थितिको लागि अनुरोध गरेका छन्।

Share Post on Social media