अर्जुनचौपारी काँग्रेसको पनि उम्मेदवारी टुंगो लाग्यो, तिवारी र गुरुङ भिड्ने
वैशाख १०/स्याङ्जा: आसन्न बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि नेपाली कांग्रेस अर्जुनचौपारी गाउँपालिकाले पनि उम्मेदवार टुंगो लगाएको छ।
निकै लामो छलफल पश्चात गाउँपालिका अध्यक्ष पदको निम्ति प्रकाश तिवारी र उपाध्यक्ष पदको लागि सपना गुरुङलाई अन्तिम टुंगो लगाइएको नेपाली कांग्रेस अर्जुनचौपारीले जनाएको छ।
लामो समय काठमाडौंमा बसेर मार्केटिङ तथा शेयर र व्यवस्थापन सम्बन्धी कुरामा दक्षता गासिल गरेका प्रकाश तिवारी पछिल्लो समय युवामाझ लोकप्रिय छन्। नेपाली कांग्रेसका उनी सबैभन्दा कान्छा प्रदेश सभापति समेत हुन्।
नेपाली कांग्रेसको हालै भएको अधिवेशनबाट उनी गण्डकी प्रदेश क को क्षेत्रीय सभापति चयन भएका थिए भने सपना गुरुङ पनि स्थानीयमाझ चर्चित नै मानिन्छिन्।
नेकपा एमालेले पनि आजै चिनमाया गुरुङ र टंकप्रसाद खनाललाई आसन्न निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको थियो। यसपटक अर्जुनचौपारी गाउँपालिकामा निर्वाचन निकै प्रतिस्पर्धात्मक मोडमा पुग्ने संभावना छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्