सामाजिक सञ्जालमा कसैको गलत या दुष्प्रचार नगर्न साइबर ब्युरोको अनुरोध

वैशाख २३/काठमाडौं: नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा गलत प्रचार वा भ्रमात्मक सन्देश जाने गरी कोही कसैले कोही कसैको प्रचार नगर्न अनुरोध गरेको छ।‌‌

साइबर ब्युरोले आज एक विज्ञप्ति जारी गर्दै चुनावको पक्ष या विपक्षमा आफ्नो प्रभाव पार्ने गरी, अरुको चरित्र हत्या हुने गरी, साम्प्रदायिक सद्भाव र शान्तिमा खलल पुग्ने गरी कुनै पनि खालका गतिविधि नगर्न नगराउन सचेत गराएको हो।‌‌‌‌‌

पछिल्लो समय विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा विभिन्न खालका अडियो तथा भिडियो क्लिप सार्वजनिक गर्ने, अनाधिकृत रुपमा तस्बिरहरु सार्वजनिक गर्ने, सार्वजनिक ठाउँमा भ्रम छर्ने, विभिन्न विषयलाई अतिरञ्जित गरी प्रचार गर्ने क्रम बढाएपछि साइबर ब्युरोको निर्देशनात्मक आदेश सहितको विज्ञप्ति आएको हो।

Share Post on Social media