नेकपा एमालेले गर्यो बिरुवा गाउँपालिकामा चुनावी आमसभा

वैशाख २६/स्याङ्जा: स्याङ्जा जिल्लाका विभिन्न पालिकामा स्याङ्जामा सक्रिय राजनैतिक दलहरुले चुनावी प्रचार कार्यक्रमलाई तिव्रता दिएका छन्।

नेपाली कांग्रेसले अर्जुनचौपारी गाउँपालिकामा विशाल आमसभा गर्दै गर्दा हिजै नेकपा एमालेले स्याङ्जा जिल्लाको बिरुवा गाउँपालिकामा चुनावी सभा सम्पन्न गरेको छ। नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा अर्याल प्रमुख अतिथि रहेको उक्त कार्यक्रमबाट उनले देशभर नेकपा एमालेको लहर बढिरहेको र विभिन्न पार्टीका कार्यकर्ता एमाले प्रवेश गर्ने क्रम बढिरहेको भन्दै यो चुनावबाट नेकपा एमाले देशको पहिलो पार्टी बन्न कुनै शक्तिले रोक्न नसक्ने दावी गरेकी थिइन्।


चुनावी सभामा बोल्दै बिरुवा गाउँपालिकामा एमालेको तर्फबाट उमेदवार सुर्य कुँवरले बिरुवाका हरेक क्षेत्रमा समानुपातिक विकास गरिने बताएका थिए ।

नेकपा एमाले बिरुवा गाउँपालिका कमिटी अध्यक्ष प्रकाश थापाको अध्यक्षतामा भएको कार्यक्रम सचिव गोपाल कोइरालाको सञ्चालन र उपाध्यक्ष कल्याण पोखरेलको स्वागतमा सम्पन्न भएको थियो ।

Share Post on Social media