भीरकोट नगरपालिकाको मेयर र उपमेयर काँग्रेसको पोल्टामा

जेठ २/स्याङ्जा: स्थानीय निर्वाचन २०७९ मा स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकाको मेयर तथा उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

नेपाली कांग्रेसका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका गोविन्द कर्माचार्यले नेकपा एमालेका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका विश्वनाथ अर्याललाई ८३५ मतले पराजित गर्दै मेयर बनेका हुन्।‌‌ उनले ६५०४ मत ल्याए भने विश्वनाथ अर्यालले ५६६९ मत प्राप्त गरे। यसैगरी उपमेयरमा नेपाली काँग्रेसकै भगवती अर्यालले ७१९७ मत प्राप्त गरी २२६९ मतान्तरले नेकपा एमालेकी सरस्वती अधिकारीलाई पराजित गरिन्। नेकपा एमालेकी सरस्वती अधिकारीले कुल ४९२८ मत ल्याइन्।

स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका नेपाली कांग्रेसको बलियो पकड भएको क्षेत्र मानिन्छ। यस नगरपालिकामा वडा नं ६ को वडाध्यक्ष पद बाहेक सबै ४६ पदमा नेपाली कांग्रेसले विजय गरेको छ।

भीरकोट नगरपालिकामा जम्मा ९‌ वटा वडाहरु रहेका छन्।‌‌ यस नगरपालिकामा हालै सम्पन्न भएको स्थानीय निर्वाचनमा १२११३ मत खसेको थियो।

Share Post on Social media