युवा रेडक्रस सर्कलको आयोजना र रेडक्रस स्याङ्जाको सहयोगमा प्राथमिक उपचार तालिम सम्पन्न
वालिङ/असार १९: युवा रेडक्रस सर्कल वालिङ बहुमुखी क्याम्पसमा र नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखाको सहयोगमा आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न भएको छ।
घाईते वा बिरामीलाई तत्काल उपलब्ध स्थानीय साधन र स्रोतहरुको प्रयोग गरी सुरक्षा नियमका आधारमा दक्ष चिकित्सा सेवा प्राप्त नहुँदासम्म अवस्था बिग्रनबाट जोगाउने उद्देश्यले नेपाल रेडक्रस सोसाईटी स्याङ्जा जिल्ला शाखाकोे समन्वयमा प्राथमिक उपचार सम्बन्धी २ दिने आधारभुत तालिम सम्पन्न गरिएको हो।
प्राथमिक उपचार सम्बन्धी तालिमलाई नेपाल रेडक्रस सोसाईटी स्यङ्जा जिल्ला शाखाका सभापति एवम् कार्यक्रमका प्रमुख अतिथि श्री दिनेश अर्याल, प्रशिक्षक वास अधिकृत घनश्याम पाैडेलले प्रशिक्षण र लेखा कर्मचारी मित्र लम्सालले सहजीकरण गरेका थिए।
तालिममा प्राथमिक उपचार, बिरामीको जाँच योजना, कृत्रिम स्वासप्रश्वास प्रक्रिया, चोटपटक, घाउ लगायतका अन्य प्रकोपको प्राथमिक उपचार र रोकथामको बारेमा जानकारी दिईएको थियो। प्राथमिक उपचारसम्बन्धी ब्यवहारिक र प्रयोगात्मक तालिमले समाजमा प्राथमिक उपचार गर्न सहयोग गर्ने रेडक्रस सोसाइटी स्याङ्जाका उपमन्त्री खगेन्द्र अर्यालले बताए।
दुई दिनसम्म चलेको उक्त तालिममा ७ विद्यालयका २८ जना विद्यार्थी ५ जना शिक्षक गरी ३३ जनाको सहभागिता रहेको थियो।
सहभागी विद्यार्थीहरुले प्राथमिक उपचारको सीप अत्यन्तै महत्त्वपूर्ण र प्रभावकारी रहेको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु संचालन गर्ने वालिङ बहुमुखि क्याम्पस प्रमुख सचिननान्ध यादवले बताए ।
उक्त कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश शिक्षक नायक एवम् जु.रे.स.यु.रे.स जिल्ला संयोजक विष्णु सुवेदी गैरेले गरेकी थिइन् भने कार्यक्रममा सहभागीको तर्फबाट प्रतिक्षा घले र प्रशिक्षकको तर्फबाट घनश्याम पाैडेलले मन्तब्य राखेका थिए। उक्त कार्यक्रमको सभापतित्व युवा रेडक्रस सर्कल वालिङ बहुमुखी क्याम्पसका सभापति मिलन अर्यालले गरेका थिए भने सञ्चालन लियो हरि रेग्मीले गरेका थिए।
