अर्जुनचौपारी गाउँपालिका एवम् नाइस लोकसेवा,काठमाण्डौबीच समझदारी

असार १९/खबरकलम संवाददाता: अर्जुनचौपारी गाउँपालिका स्याङ्जा र नाइस लोकसेवा काठमाडौं बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले नाइस लोकसेवासँग समझदारी गर्दै पालिकाबाट लोकसेवा आयोग तयारी गर्नेहरुलाई छात्रवृत्ति व्यवस्था गर्न लागिएको बताए।

नाइस लोकसेवा, बागबजार काठमाण्डौ तथा अर्जुनचौपारी गाउँपालिका, स्याङ्जा (गण्डकी प्रदेश) बीच मित्रवत भ्रातृभावको सम्बन्ध स्थापना गर्न सहमत भई निम्नलिखित बूँदासहितको समझदारी कायम गरेका छौँ।

१) नाइस लोकसेवा एवं अर्जुनचौपारी गाउँपालिका बीच मित्रवत भ्रातृभावको सम्बन्ध स्थापित हुनेछ ।

२) अर्जुनचौपारी गाउँपालिका अध्यक्षद्वारा हस्ताक्षरित सिफारिस अनुसार सो गाउँपालिकाबाट नाइस लोकसेवा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई जेहेन्दार र एवं बिपन्न छात्रवृत्ति प्रदान गरिनेछ ।

३) नाइस लोकसेवा अध्ययनार्थ विद्यार्थीहरु आऊन् भनी प्रेरित गर्न अर्जुन चौपारी गाउँपालिकाले आवश्यकीय सरसहयोग र प्रचार-प्रसारमा मद्दत पुराउने छ ।

४) नाइस लोकसेवा अर्जुनचौपारी गाउँपालिका भित्रका विद्यालयका शिक्षक एवं विद्यार्थीहरुको तालिम, अध्ययन एवं शैक्षणिक अवसरहरुमा यथासक्य सहयोग उपलब्ध गराउनेछ ।

५) पारस्परिक मद्दतका हरेक क्षेत्रमा नाइस लोकसेवा एवं अर्जुन चौपारी गाउँपालिका हातेमालोको सम्बन्धमा रहनेछन् ।

पछिल्लो समय स्याङ्जा जिल्लामा लोकसेवा आयोग परीक्षाप्रतिको आकर्षक अझै विशाल भएको छ। यसैपनि स्याङ्जा जिल्लालाई प्रशासनिक निकायमा काम गर्ने कर्मचारीको उद्गमस्थल मानिन्छ।‌ हालै मात्र ३४ जना शाखा अधिकृत स्याङ्जा जिल्लाबाट छानिएका थिए।

Share Post on Social media