“देशलाई संबृद्धिको बाटोमा लान सबैले तयारी गर्नुस्” महासचिव शंकर पोखरेल

साउन १४/स्याङ्जा: नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश विकास र नागरिकको हितका लागि आगामी निर्वाचनमा एमालेलाई जिताउनुको विकल्प नरहेको महासचिव पोखरेलले बताएका छन्। शनिबार नेकपा (एमाले) जिल्ला कमिटी स्याङ्जाद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पाँच दलीय गठबन्धनको सरकारले मुलुक बर्बाद बनाएको बताए।

आज स्याङ्जाको सदरमुकाम पुतलीबजारको सिटी हलमा नेकपा एमाले स्याङ्जाले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी पंक्ति एकढिक्का भएर आगामी निर्वाचनमा होमिनुपर्ने बताए।

नेकपा एमालेकी केन्द्रीय सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालले समेत उक्त कार्यक्रममा बोल्दै नेकपा एमालेले आगामी निर्वाचनमा विजयी हुनुको विकल्प नरहेको बताउँदै सम्पूर्ण शक्ति निर्वाचनको तयारीमा लगाउन कार्यकर्तालाई निर्देशन गरेकी थिइन्।

आज सिटी हलमा पार्टीका जिल्ला कमिटी सदस्य, पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु, भातृसंगठनका प्रमुख तथा प्रतिनिधि, जनवर्गीय संगठनहरुका प्रमुख तथा प्रतिनिधि लगायत करिब ४५० जनालाई प्रशिक्षण गरिएको थियो।

Share Post on Social media