नेकपा एमाले अर्जुनचौपारी गाउँपालिका कमिटीको प्रशिक्षण कार्यक्रम सम्पन्न
साउन २०/स्याङ्जा: नेकपा एमाले अर्जुनचौपारी गाउँपालिका कमिटीले कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
अर्जुनचौपारी गाउँपालिकाको केन्द्र अर्जुनचौपारी बजारमा अवस्थित गुरुङ समाज हलमा आज कार्यकर्ता प्रशिक्षण तथा स्थानीय नेताहरुबीच अन्तर्क्रिया कार्यक्रम समेत गरिएको हो।
नेकपा एमालेकी स्याङ्जा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य सिता सुन्दास, केन्द्रीय सदस्य तथा पुतलीबजार नगरपालिकाकी पूर्व मेयर सीमा क्षेत्री, नेकपा एमाले स्याङ्जा जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे पारस लगायतका नेताले प्रशिक्षण दिएका थिए।
नेकपा एमाले अर्जुनचौपारी गाउँपालिका कमिटीका अध्यक्ष मोहनबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकाकी पूर्व उपाध्यक्ष तथा भर्खरै सकिएको निर्वाचनमा उपबिजेता भएकी नेकपा एमाले अर्जुनचौपारी गाउँपालिका कमिटी इन्चार्ज चिनमाया गुरुङ समेत उपस्थित थिइन्।
करिब २०० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा स्थानीय स्तरका नेता तथा कार्यकर्ताले आफ्नो धारणा राख्दै मंसिर ४ गते हुने प्रदेश तथा संघीय निर्वाचनमा नेकपा एमालेलाई विजयी गराउनुको विकल्प नरहेको बताएका थिए।
कार्यक्रममा स्वागत मन्तव्य टंकप्रसाद सापकोटाले दिएका थिए भने संचालन नेकपा एमालेबाट स्थानीय निर्वाचनमा उपाध्यक्ष पदका उम्मेदवार तथा पार्टी गाउँकमिटी सचिव टंकप्रसाद खनालले गरेका थिए।
स्थानीय निर्वाचनमा भएका कमीकमजोरी तथा गल्तीलाई सुधार गर्दै एकढिक्का भएर आगामी निर्वाचनमा होमिने उपस्थित सबैले प्रतिबद्धता गरेका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्