स्याङ्जाका लोकप्रिय नेता स्व. कमल पंगेनीको चौथो स्मृति दिवसमा श्रदाञ्जली अर्पण

साउन २०/स्याङ्जा: नेपाली कांग्रेस स्याङ्जाका तत्कालीन सभापति कमल पंगेनीको चौथो स्मृति दिवसमा विभिन्न व्यक्तिहरुले श्रदान्जली व्यक्त गरेका छन्।

आजकै दिन स्याङ्जा जिल्लाका लोकप्रिय नेता कमल पंगेनीको असामयिक निधन भएको थियो।‌ उनी काँग्रेस पार्टीमा मात्र नभएर विभिन्न पार्टीमा आस्था राख्ने जिल्लावासीहरु माझ समेत उत्तिकै लोकप्रिय नेता थिए।

स्याङ्जा जिल्लाको विकासप्रेमी र राजनैतिक चिन्तक नेताको छवि बनाएका उनी २०१९ साल जेठ २३ गते साविकको खिलुङ देउराली गाविसमा जन्मेका थिए।

विकासप्रेमी नेता स्वर्गीय पंगेनीको मूल्य, मान्यता र आदर्श आत्मसात गर्दै अघि बढ्नुको विकल्प नरहेको काँग्रेस स्याङ्जाले जनाएको छ।

Share Post on Social media