नेकपा स्याङ्जाको चौथो जिल्ला सम्मेलन सम्पन्न, थापा बने अध्यक्ष
भदौ २७/स्याङ्जा: विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाको जिल्ला सम्मेलन आज सम्पन्न भएको छ।
सम्मेलनले दुर्गा थापा सेक्रेटरी रहने गरी १५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । सम्मेलनको उद्घाटन गर्दै नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा स्याङ्जा,पर्वत जिल्ला ईन्चार्ज बिकिरणले दलाल पुँजीपति वर्गको ब्यबस्था भएकोले सर्वहारा वर्गको ब्यबस्था ल्याउनुपर्ने र त्यो ब्यबस्था वैज्ञानिक समाजवाद भएको बताउनुभयो । नेपालका गरिव जनताको जीवनस्तरमा तत्काल परिवर्तन ल्याउनुपर्ने खांचो भएको र सोहि अनुसार पार्टी अगाडि बढेको उल्लेख गर्नुभयो। त्यसैगरी जनपत्रकार संगठनका नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले जनअधिकार सुनिश्चित गर्न वृहत् बाम तथा प्रगतिशील शक्तिको एकता आवश्यक रहेको बताउनुभयो । डुम्रेले संसदीय दलहरूले निकास दिन नसकेको भन्दै वैकल्पिक शक्ति जबर्जस्त स्थापित हुने समेत बताए । कार्यक्रममा सहिद तथा वेपता परिवारका जिल्ला संयोजक नारायण पराजुलीले सहिदहरुका सपनामा खेलवाड गर्न नहुने कुरामा जोड दिए ।
कार्यक्रममा पत्रकार शिव डुम्रेले क्रान्तिकारी शक्ति एकजुट हुन अनिवार्य रहेको बताए सहिद ओमप्रकाश भुषालका बुवा शालिकराम भुषाल लगायतका सहिद परिवारको उपस्थिति रहेको थियो ।
जिल्ला सेक्रेटरी दुर्गा थापाको अध्यक्षता र श्याम अर्यालको स्वागत मन्तव्य संगै शुरु भएको जिल्ला सम्मेलनले थापा सेक्रेटरी रहने गरि श्याम अर्याल,ध्रुव गौडेल,कमल आले लगाएतको १५ जनाको जिल्ला कमिटी चयन भएको छ
खुला सत्रको कार्यक्रम संचालन ध्रुव गौडेलले गरेका थिए ।
स्रोत: अकला आवाज
आफ्नो प्रतिक्रिया दिनुहोस्