वालिङ डायलासिस केन्द्रलाई ४ वटा मेसिन हस्तान्तरण गरियो।

भदौ ३०/वालिङ: वालिङ सामुदायिक डायलाइसिस केन्द्रलाई ४ वटा डायलासिस मेसिन हस्तान्तरण गरिएको छ। वालिङ नगरपालिकाको सहयोग तथा स्वास्थ्य मन्त्रालयको समन्वयमा उक्त मेसिन हस्तान्तरण गरिएको जनाइएको छ।

वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँड र स्वास्थ्य मन्त्रालय आर्थिक महाशाखा प्रमुख भुवन काफ्लेको उपस्थितिमा उक्त मेसिन वालिङ सामुदायिक डायलासिस केन्द्रलाई प्रदान गरिएको हो। उक्त मेसिन हस्तान्तरण कार्यक्रममा निवर्तमान नगरप्रमुख दिलिप खाँड तथा वर्तमान नगर उपप्रमुख कविता तिवारी गैह्रेको समेत उपस्थिति रहेको थियो।

हाल उक्त सेवाकेन्द्रबाट ४३ जनाले नियमित डायलाइसिस सेवा लिइरहेको जनाइएको छ। रोटरी क्लब अफ वालिङले उक्त डायलासिस सेन्टर सञ्चालनमा ल्याएको हो।

Share Post on Social media