चाडको अवसरमा नेकपा एमाले फेदीखोला तथा भीरकोटले गर्यो शुभकामना आदानप्रदान

असोज १५/स्याङ्जा: विजयादशमी तथा दीपावलीको अवसरमा नेकपा एमाले स्याङ्जाले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

नेकपा एमाले फेदीखोला तथा भीरकोट कमिटीले छुट्टाछुट्टै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका हुन्। शुभकामना आदानप्रदानसँगै चियापान कार्यक्रम समेत सम्पन्न गरिएको नेकपा एमाले भीरकोट र फेदीखोला कमिटीले जनाएका छन्।

नेकपा एमाले भीरकोटले आयोजना गरेको कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे पारस तथा सभाध्यक्ष नेकपा एमाले भीरकोट नगरअध्यक्ष विश्वनाथ अर्याल रहेको जनाइएको छ।‌‌

कार्यक्रममा उपस्थित सबैले पालैपालो शुभकामना आदानप्रदान गरेका थिए।‌

Share Post on Social media