साथीभाइ बहुउदेश्यीय सहकारीको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न

हरि रेग्मी/वालिङ: साथीभाइ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ।

वालिङ उद्योग वाणिज्य संघको सभाहलमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले सिंगो राष्ट्रमा आर्थिक संकट भएकाले सबै मिल्नुको विकल्प नरहेको बताएका छन् । वर्तमान अवस्थामा बैंक तथा वित्तीय संस्थाले लगानीकर्तालाई चर्को ब्याजको मारमा पारेकाले ठूला व्यापारी खुम्चिएका र साना व्यवसायी सुक्दै गएकाले बेलैमा सरकारको ध्यान जानुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा वालिङ नगरपालिका वडा नं ८ का वडाध्यक्ष दामोदर तिवारीले सानो पुँजी निर्माण गर्दै कृषि क्षेत्र , उद्योग कलकारखानामा प्रशस्त लगानी गर्न सके सिंगो राष्ट्रलाई नै टेवा पुग्ने कुरामा जोड दिए।

कार्यक्रममा फूलबारी बचतका कोषाध्यक्ष चोपनारायण श्रेष्ठ लगायतका व्यक्तिहरुले आफ्नो भनाइ राखेका थिए। साथै उक्त सहकारीको अधिवेशनले माधव अर्यालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति पनि निर्माण गरेको छ ।

कार्यक्रम माधव अर्यालको अध्यक्षता, राजेन्द्र अधिकारीको स्वागत र भरत बगालेको सञ्चालनमा सम्पन्न भएको थियो ।

Share Post on Social media