चापाकोट उद्योग वाणिज्य संघको अध्यक्षमा निर्मल राना निर्वाचित

सुनिल न्यौपाने,स्याङ्जा- चापाकोट उद्योग वाणिज्य संघको अध्यक्षमा निर्मल राना मगर निर्वाचित हुनुभएको छ।

चापाकोट उद्योग वाणिज्य संघको चापाकोट नगरपालिकामा भएको दोस्रो अधिवेशनबाट अध्यक्षमा राना निर्विरोध निर्वाचित हुनुभएको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा फर्सुराम डोटेल,उपाध्यक्षमा ढाकाराम डोटेल,महासचिवमा शिव श्रेष्ठ,सचिवमा शालिकराम देवकोटा र कोषाध्यक्षमा मिरा अर्याल निर्वाचित हुनुभएको छ ।समितिको सदस्यहरुमा प्रेम बहादुर छेत्री, रामचन्द्र भट्टराई, दयाराम भण्डारी, दिल बहादुर थापा, सुदिप गैह्रे, राजु रेग्मी, चक्रपाणी विक, तीर्थमाया ढकाल,सृजना न्यौपाने वस्ति र भुवन भण्डारी चयन हुनुभएको छ।

Share Post on Social media