विरुवा बजारमा बृहत स्वास्थ्य शिविर सञ्चालन हुने

माघ १०/स्याङ्जा: स्याङ्जा जिल्लाको विरुवा गाउँपालिकामा बृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटल प्रालि पोखराको प्राविधिक सहयोग र विरुवा गाउँपालिकाको आयोजनामा उक्त शिविर सञ्चालन हुन लागेको हो।

मृगौला रोग, पेट तथा छाती रोग, मुटु रोग, महिला तथा प्रसुति रोग, इसिजी, हाडजोर्नी तथा नसा रोग, भिडियो एक्सरे, रगत तथा खकार जाँच लगायतका सेवा सहित स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको विरुवा गाउँपालिकाले जनाएको छ।

माघ १४ गते शनिबारको दिन विरुवा स्वास्थ्य चौकीको प्राङ्गणमा उक्त शिविर सञ्चालन गर्न लागिएको हो।

Share Post on Social media