उद्घाटन,समापनमा कम बोलाउनू! पालिका कार्यविधि पालना गर्नू! तिवारी
चैत ७/स्याङ्जा: अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले विभिन्न खालका उद्घाटन तथा समापन कार्यक्रममा आफूलाई प्रमुख अतिथि बनाउनुको सट्टा पालिकाले बनाएको कार्यविधि पालना गर्नुपर्नेमा जोड दिएका छन्।
खबरकलम डटकमसँग आज कार्यकक्षमा बोल्दै उनले यस्तो बताएका हुन्। जनताको म्यान्डेट उद्घाटन र समापन मात्रै नभएर पालिकाभर विकास निर्माण, सुशासन, शान्ति सुरक्षा, नीतिगत सुधार, रोजगारी सिर्जना, गरिबी निवारण लगायतका कुरामा भएको उल्लेख गर्दै उनले आफ्नो प्राथमिकता अर्जुनचौपारी गाउँपालिकामा सुशासन र संबृद्धि रहेको बताए।
वडास्तरीय कार्यक्रममा वडाध्यक्ष प्रमुख अतिथि हुने, पालिका स्तरीय कार्यक्रममा पनि प्राथमिकता तोकेर उपाध्यक्षलाई प्रमुख अतिथि बनाउने कुरा बताउँदै उनले सकेसम्म रिबन काट्ने, खटदा ओढ्ने ओढाउने जस्ता कुरालाई नियन्त्रण गर्दै आर्थिक मितव्ययिता अपनाउन समेत सबैलाई आग्रह गरे।
आफूले घोषणा गरेअनुसार गाउँपालिकाका बासिन्दालाई शेयरबजारमा आकर्षित गर्न डिम्याट खाता खोली शेयर कारोबारमा प्रवेश गराउने कार्यको अन्तिम चरणमा पुगेको उनले जानकारी समेत दिए।
पालिका प्रमुखमा प्रकाश तिवारी आएपछि धेरै हदसम्म पालिकामा सुधार भएको सरोकारवाला बताउँछन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्