मुक्तिनाथ बिकास बैंक स्याङ्जा शाखाको एक दिने तरकारी खेती तथा सुन्तला खेती तालिम सम्पन्न

वैशाख २९/स्याङ्जा:

मुक्तिनाथ बिकास बैंक बयरघारी शाखाले लघुबैंकिङ अन्तर्गत कर्जा कारोबार गरि कृषि पेशामा आवद्ध रहि अन्नबाली , तरकारी खेती तथा सुन्तला खेती व्यवसाय संचालन गर्दै आएका सदस्यहरुलाई एक दिने तालिम सम्पन्न गरेको छ ।

” जनता बैंकमा होइन बैंक जनतामा जानुपर्दछ ” भन्ने मुल नाराका साथ आधुनिक बैंकिङ , लघुबैंकिङ र सिमित बैंकिङ एकै साथ संचालन गर्ने नेपालको पहिलो बैंक मुक्तिनाथ बिकास बैंक लिमिटेडको लघुबैंकिङ डेस्क कार्यालय बयरघारी स्याङ्जा शाखाबाट कर्जा लिई कृषि पेशामा आवद्ध रहेका ५० जना सदस्यहरुलाई क्षमता अभिवृद्धि तथा व्यवसायिक कृषक बन्न प्रेरित गर्दै केन्द्रका सदस्यहरु , स्थानीय बुद्धिजीवी , भद्रभलाद्मीहरुको उपस्तिथिमा एक दिने तरकारी खेती तथा सुन्तला खेतीको तालिम दिइएको हो ।

आउँदा दिनमा पनि यस्तै कार्यक्रम गर्ने जानकारी बयरघारी शाखाका कर्मचारी मिनबहादुर घर्तीले दिए।

Share Post on Social media