विद्यार्थीसँग पालिका कार्यक्रम मार्फत विद्यार्थीमैत्री बन्दै अर्जुनचौपारी गाउँपालिका

साउन २६/स्याङ्जा: अर्जुनचौपारी गाउँपालिकाले विद्यार्थीसँग पालिका कार्यक्रम सुरु गरेको छ।

अर्जुनचौपारी गाउँपालिकाभरका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका पीर मर्का सुन्न, शैक्षिक उन्नयनको लागि सुझाव संकलन गर्न, विद्यार्थीमा रहेका सीप र क्षमताको उजागर गर्न यस्तो कार्यक्रम सुरुवात गरिएको गाउँपालिकाले जनाएको छ।

अर्जुनचौपारी गाउँपालिका वडा नं ६ दरौँ स्थित दरौँ माविबाट उक्त कार्यक्रमको थालनी गरिएको हो।अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीसँग उक्त कार्यक्रममा विद्यार्थीले शिक्षासम्बन्धी विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया गरेका थिए।

पूरै पालिकाभरका विद्यालयमा क्रमशः विद्यार्थीसँग पालिका कार्यक्रम सञ्चालन गर्ने र शैक्षिक गुणस्तर अभिवृद्धिमा उक्त कार्यक्रमले सहयोग पुर्याउने सरोकारवालाहरुको विश्वास छ।

यसअघि अर्जुनचौपारी गाउँपालिकाले आधारभूत तह (कक्षा ८) र एसईई परीक्षाको परीक्षाफल सामाजिक सञ्जालमै प्रकाशन गरेर सुधारको अभियान थालेको थियो।

Share Post on Social media