विरुवा गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को सार्वजनिक सुनुवाई कार्यक्रम गर्यो सम्पन्न

भदौ २६/स्याङ्जा : विरुवा गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। आज विरुवा गाउँपालिका वडा नं ८ सिमलडाँडा स्थित समाजघरमा आज उक्त सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको हो।

सार्वजनिक सेवा प्रवाह तथा आर्थिक वर्ष २०७९/८० मा भएका कार्यहरुको प्रगति मूल्याङ्कन प्रतिवेदन सहित सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो। उक्त कार्यक्रममा सेवाप्रवाहका विषयमा उठेका प्रश्नहरुको जवाफ विरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवर, प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्य, कृषि अधिकृत सरस मरासिनी, योजना प्रमुख दीपक ढुङ्गाना, लेखा प्रमुख शंकर चापागाइँ, प्राविधिक प्रमुख प्रमिला पौडेल लगायतले दिएका थिए भने प्रमुख जवाफदेही वक्ताको रुपमा सम्पूर्ण प्रश्नहरुको एकमुष्ट जवाफ पालिकाको तर्फबाट अध्यक्ष सूर्यबहादुर कुँवरले दिएका थिए।

वक्ताहरुले कृषि यान्त्रिकरण तथा आधुनिकीकरण, बाँदर व्यवस्थापन, सडकबत्ती, खानेपानी, सडकको स्तरोन्नति, पशुपालनमा सहुलियत तथा अनुदान, नागरिक बडापत्र कार्यन्वयन, आर्थिक पारदर्शीता लगायतका विषयमा प्रश्न गर्दै आवश्यक सुझाव समेत दिएका थिए।

दरौंखोला मिडिया प्रालिद्वारा सहजीकरण गरिएको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा १६५ भन्दा बढीको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा प्रगति मूल्याङ्कन प्रतिवेदन विरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यले प्रस्तुत गरेका थिए भने कार्यक्रममाथि प्रकाश प्रशासन शाखा प्रमुख तथा सूचना अधिकारी पिताम्बर पोख्रेलले गरेका थिए।

कार्यक्रममा उपस्थित सम्पूर्ण सेवाग्राहीलाई अध्यक्षता गराई सञ्चालन गरिएको उक्त कार्यक्रम सञ्चालन भने खबरकलम डटकमका प्रधान सम्पादक जीवन अर्यालले गरेका थिए।

Share Post on Social media