स्याङ्जामा रसायनिक मलको चरम अभाव
साउन २५/खबरकलम
स्याङ्जा जिल्लामा रसायनिक मलको चरम अभाव सिर्जना भएको छ। लकडाउनको बेला बाहिरबाट मल आयत हुन नसक्दा खेतीपातीको मौसममा कृषकहरु निकै मर्कामा परेका हुन्।
एक त मल नै आफुले भनेको र खेतीमा राख्न खोजेको बेला नपाइने, अर्को बजारमा पाइएको मल पनि दोब्बर पैसामा कालाबजारी भैरहेको अधिकांश कृषकले बताए। बजारमा कालाबजारी गर्नेले युरिया मल साविकको मूल्यभन्दा झन्डै ३ गुणा बढाएर ५० रुपियाँसम्ममा बेचेको कृषकको गुनासो छ।
सहकारी पसलमार्फत किनबेच हुने मल हाल आएर कालाबजारी गर्नेको हातमा पुगेको र त्यो पनि सहज रुपले पाउन नसकिएको कृषकको दुखेसो छ।
नियमन र नियन्त्रण गर्ने दायित्व बोकेका पालिकाहरु तथा जनप्रतिनिधिले यो कुरामा ध्यान दिनुपर्ने देखिन्छ।
Share Post on Social media
आफ्नो प्रतिक्रिया दिनुहोस्