नेपाली कांग्रेसको नेतृत्व भएका पालिकामध्ये अर्जुनचौपारी गाउँपालिका उत्कृष्ट
भदौ २७/खबरकलम संवाददाता: नेपाली कांग्रेसको नेतृत्वमा रहेका पालिकाहरुमध्ये अर्जुनचौपारी गाउँपालिकाले उत्कृष्ट पालिकाको सम्मान पाएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अभ्यासमा ल्याएको स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा ८६ अंक प्राप्त गर्न सफल भएकोमा अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी सम्मानित भएका हुन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज एक कार्यक्रमका बीच अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीलाई सम्मानित गर्दै अर्जुनचौपारी गाउँपालिकाको थप प्रगतिको कामना गरे।
Share Post on Social media
आफ्नो प्रतिक्रिया दिनुहोस्