विरुवा गाउँपालिकामा अध्यापनरत शिक्षकहरुको सामुहिक भेलाबाट विषयगत समिति पुनर्गठन सम्पन्न
जीवन अर्याल/पौष ३: विरुवा गाउँपालिकाका विभिन्न विद्यालयमा अध्यापन गराउने शिक्षकहरुको सामुहिक भेला आज विरुवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ।
विरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयमा अध्यापन गराइने अनिवार्य तथा ऐच्छिक विषयको विषयगत समितिको पुनर्गठन सहित उक्त भेला आयोजना गरिएको हो। विरुवा गाउँपालिकाका करिब २०० जना शिक्षकहरुको उक्त भेलामा सहभागीता रहेको थियो।
शिक्षण सिकाइ क्रियाकलापमा आउने समस्याहरुलाई विषयगत समितिबाट नै सहजीकरण तथा समाधान गर्ने उदेश्यका साथ विषयगत समिति पुनर्गठन गरिएको जानकारी विरुवा गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक शिव गिरीले जानकारी दिए।
उनका अनुसार प्रश्नपत्र निर्माण र गुणस्तर अभिवृद्धि गर्न मात्र नभई विद्यालय र शिक्षकमा समन्वय र पेशागत सक्षमता विकास, पेशागत अनुभव आदानप्रदान गरी शिक्षामा सुधार ल्याउने उदेश्यका साथ अनिवार्य र ऐच्छिक विषयको विषयगत समिति बनाइएको हो। जसमध्ये अनिवार्य विषय अंग्रेजीको संयोजक पदम बिक, सामाजिक विषय संयोजक सुनुमाया गुरुङ, गणित विषय संयोजक सामबहादुर गुरुङ, नेपाली विषय संयोजक रामजी अर्याल तथा विज्ञान विषय संयोजक रामबहादुर पचभैया रहेका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्