रास्वपा भीरकोटको प्रथम वडा अधिवेशन सम्पन्न, वडा नं १ को सभापतिमा बलबहादुर खत्री
खबरकलम संवाददाता/फागुन ३: भीरकोट नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम वडा अधिवेशन सम्पन्न सम्पन्न भएको छ।
शनिबार भएको वडा अधिवेशनले बलबहादुर खत्रीको सभापतित्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनबाट उपसभापतिमा युक्तनारायण सुवेदी, सचिवमा बलबहादुर के.सी. चयन भएका छन्। यसैगरी सदस्यहरूमा गगन जिटी , फिरोज शेख, रविन्द्र केसी, डोलबहादुर खत्री, गुप्तबहादुर के.सी. र सपना रूचाल रहेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी भीरकोटका सभापति सुरेश उच्चै ठकुरीको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय संगठन विभाग सदस्य एवम् गण्डकी प्रदेश इन्चार्ज झबिलाल डुम्रे, केन्द्रीय नेतृत्व विभाग सदस्य एवम् केन्द्रीय सदस्य दिंकर नेपाल, जिल्ला सभापति रूक्मागत भण्डारी विश्वास, उमा फुइँयाल, टिकराज गुरूङ लगायतको उपस्थिति रहेको थियो।
Share Post on Social media
आफ्नो प्रतिक्रिया दिनुहोस्