आज नेपालभर थप ८१८ कोरोना संक्रमित थपिए।

भदौ ७/खबरकलम संवाददाता: नेपालभर पछिल्लो २४ घण्टामा थप ८१८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा गराएको जानकारी अनुसार २४ घण्टामा ८०२६ जनाको स्वाब संकलन गरी गरिएको परीक्षणमा ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१,९३५ पुगेको छ।

Share Post on Social media