लाभको पदमा एउटै व्यक्तिको रजाइँ

भदौ ९/खबरकलम: सरकारले राष्ट्रिय बाणिज्य बैंकको अध्यक्षमा उपेन्द्र कुमार कोइरालालाई नियुक्त गरेको छ।

पटकपटक राज्यको लाभको पद पाइरहने उनी हालका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सन्धी हुन्। एउटै मान्छे यसरी पटकपटक पदमा दोहोरिईरहने सायद उनी नै पहिलो व्यक्ति हुन्। पटकपटक विवादमा तानिईरहने उनी खाद्य संस्थानको महाप्रबन्धक, उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्ष, मोरङको महेन्द्र मोरङ क्याम्पसमा क्याम्पस प्रमुख, महेन्द्र संस्कृत विश्वविद्यालयका उपकुलपति, आयल निगमको कार्यकारी अध्यक्ष हुँदै अहिले वाणिज्य बैंकमा बाजी मारेका हुन्।

Share Post on Social media