आँधीखोला किनारकै सुख्खा जमीन

नारायण कोइराला/भदौ २७:

बत्तीमुनि अँध्यारो भनेझैँ आँधीखोलाको काखैमा भएर पनि भीरकोटको उर्वर कृषि भूमि सिमलचौर फाँट दुई दशकदेखि आकाशे पानीकै भरमा छ।

आँधीखोलाबाट वर्षेनी अनियन्त्रित र अव्यवस्थित तरीकाले गरिने गिटी बालुवा उत्खनन यसको प्रमुख कारण हो।जसका कारण खोलाको सतह गहिरिँदै गएको छ भने नहरको मुहान अग्लिदैँ गएको छ। वि.सं. २०४६ सालमा निर्माण भएको नहरको मूल संरचना लगभग जीर्ण अवस्थामा छ। करिब १७० रोपनी र तीन खेतीको सम्भावना रहेको सम्भवत भीरकोटकै दोस्रो ठूलो कृषि भूमिको सिचाइ समस्याको समाधान हरेक चुनावी समयमा नेताहरूको मूल एजेण्डा बन्ने गर्दछ। तर, कृषकहरू वर्षौँदेखि पम्पसेट र आकाशे पानीकै भरमा खेती गर्न बाध्य छ्न्।

धान खेतीको समयमा आँधीखोलामा बाढी आउला र रोपाइँ गरौँला भन्ने आशमा हुन्छ्न् अधिकांश किसानहरु।माननीय स्व. कमल पङे्नी देखि भूमिसूधार मन्त्री पद्मा कुमारी अर्यालसम्मले सिंचाइ समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको भएपनि यो कहिले यथार्थमा परिणत हुन्छ भन्ने यकिन गर्न गाह्रो छ।”नेताहरू आउँछ्न् भाषण गर्छन् जान्छ्न्। तर, हाम्रो मूल समस्या नै सिंचाइ हो।” वर्षौदेखी एउटै समस्या भोग्नुपर्दा मलाई यीनिहरूको बोलिको विश्वास नै लाग्दैन।´स्थानीय खगेन्द्र कोइराला बताउँछन्।

सरकारी र राजनीतिक तवरबाट भरपर्दो योजना आउने नदेखेपछि अगुवा कृषक सूर्य प्रसाद कोइरालाले आफ्नै खेतमा मोटरसेट सहितको चापाकल गाड्नुभएको छ।आकाशे पानी र पम्पसेटको भरमा खेती गर्दा खेतीको खर्चै उठ्दैन।खेत बाझो राख्न भन्दा देख्नलाई त राम्रो हुन्छ भनेर खेती लाउने गरेको छु।´ कृषक लोकप्रसाद कोइराला व्यङ्ग्यात्मक पारामा भन्छ्न्।मुहान सार्न आएका ढोल सबै फर्के। यो सबै खगेन्द्रको असहयोगका कारण हो।` नेपाली काङ्ग्रेसका भुतपूर्व जिल्ला सभापतिलाई इङ्कित गर्दै कृषक भिम बहादुर गोदार भन्छ्न्।

यो भिम बहादुर गोदारको मात्रै नभएर सिमलचौरका आम कृषकको बुझाइ हो। प्रभावशाली नेता भएर पनि सिंचाइ समस्या समाधान गर्न सहजीकरण र सहयोग गर्नुको सट्टा भरपुर असहयोग गरेको भन्दै उहाँ प्रति यस क्षेत्रका सम्पूर्ण किसानहरू असन्तुष्ट छ्न्।स्थानीय नेता विश्वनाथ अर्यालले राष्ट्रिय स्तरको योजना पार्न पहल भैरहेको बताएको पनि दुइ वर्ष भैसक्यो।तर समस्या जिउकातिउ छ। अर्को स्थानीय चुनाव आउनै लाग्दासम्म पनि कृषकहरू समस्या स्थानीय सरकारको प्राथमिकतामा नपर्नु विडम्बना हो।`यो समस्या समाधान गर्न राष्ट्रिय योजना नै चाहिन्छ। वडामा जम्मा २५ लाख आउँछ।´ वडाध्यक्ष लक्ष्मण खत्री क्षेत्री बताउँछ्न्।

Share Post on Social media