आठ हजार पिसिआर परीक्षणमा १६७४ संक्रमित थपिए

मंसिर ६/काठमाडौं: पछिल्लो २४ घण्टामा आठ हजार १४४ जनाको पीसीआर गर्दा नेपालमा थप १६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ ।जसमध्ये १ लाख ९३ हजार ३२५ जनाले कोरोनालाई जितेका छन् । 

आज थप सात जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या १३ सय ५  पुगेको छ । 

अहिले देशभर २४ हजार ९ जना संक्रिय संक्रमित छन् । जसमध्ये १७ हजार २०६ होम आइसोलेशन र ६ हजार आठ सय ३ जना संस्थागत आइसोलेशनमा छन् । त्यसैगरी ७५७ जना क्वारेन्टिनमा छन् भने ३३६ जनाको आईसीयूमा उपचार भइराखेको छ । 

Share Post on Social media