बिरुवा गाउँपालिकाले गर्यो,आफ्नो पालिका क्षेत्रका पसलको अनुगमन

साउन २५/स्याङ्जा: स्याङ्जा जिल्लाको बिरुवा गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय स्याङ्जाको अनुरोध बमोजिम आज आफ्नो पालिका क्षेत्रमा बजार अनुगमन तथा निरीक्षण गरेको छ।

बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत अनन्तराज न्यौपाने सहितको कर्मचारी तथा जनप्रतिनिधिको टोलीले आज बजार अनुगमन सम्पन्न गरेको हो।

बजार अनुगमनको क्रममा अधिकांश पसलहरुले म्याद गुज्रिएको सामान बेचेको पाइएको, पसल दर्ता नगरी सञ्चालन गरिएको, दर्ता भएका पसल नविकरण नगरिएको, मूल्यसूची समेत टाँस नगरिएको पाइएकाले म्याद गुज्रिएको सामान जफत गरी कानून बमोजिम हुनेगरी सञ्चालन गर्न निर्देश गरिएको प्रमुख प्रशासकीय अधिकृत अनन्तराज न्यौपानेले जानकारी दिए।

बिरुवा गाउँपालिकाको अनुगमन टोलीले ४५ भन्दा बढी पसलको स्थलगत अनुगमन तथा निरीक्षण गरेको थियो।

Share Post on Social media