स्याङ्जाका विभिन्न स्थानबाट १३ जना फरार अभियुक्त पक्राउ
स्याङ्जा/साउन १: जिल्ला प्रहरी कार्यालय स्याङ्जा र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दामा फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
९ जना पुरुष, ४ जना महिला प्रतिवादीहरुलाई विभिन्न स्थानहरूबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूबाट ३० दिन कैद र २३४२० रुपैयाँ समेत जरिवाना असुल उपर भएको छ।
पक्राउ परेका प्रतिवादीहरूको संख्यात्मक विवरणमा अंशबण्डा मुद्दामा ३ जना, लुटपिट मुद्दामा २ जना, सम्वन्ध विच्छेदमा २ जना, कुटपिट मुद्दामा २ जना,चोरी मुद्दामा २ जना, चेक अनादर मुद्दा र लेनदेन मुद्दामा १-१ जना रहेका छन्।
Share Post on Social media
