कोरोना भाइरसको कारण स्याङ्जामा थप एक जनाको ज्यान गयो

असोज २४/खबरकलम संवाददाता: स्याङ्जामा कोरोना भाइरस (कोभिड १९) को कारण एक जनाको ज्यान गएको छ‌।

स्याङ्जा जिल्ला आँधीखोला गाउँपालिका वडा नं ६ स्थायी ठेगाना भइ बुटवल बस्दै आएका एक जना बृद्धको कोरोना भाइरसको कारण ज्यान गएको छ। पोखरा स्थित गण्डकी मेडिकलमा उपचाररत ८१ वर्षीय कोभिड – १९ संक्रमित पुरुषको मिति २०७७/६/२३ गते राति ११ :३० बजे मृत्यु भएको हो। उनी मुटु तथा पिसाबसम्बन्धी समस्याबाट पीडित रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

Share Post on Social media