डा. के. सी. को जीवनरक्षा माग गर्दै डाक्टरहरु आन्दोलनमा

असोज २४/खबरकलम संवाददाता: २७ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीको जीवनरक्षा माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन्। 

डा. केसीको स्वास्थ्य अवस्था अत्यन्त नाजुक भइसक्दा पनि वार्ता औपचारिकतामा मात्र सीमित भएको भन्दै आवासीय चिकित्सकहरुले आन्दोलन सुरु गरेका हुन्। 

आकस्मिक तथा कोभिडका बिरामीको सेवा तथा उपचार बाहेक अन्य सेवा बन्द गर्ने चिकित्सकहरुले बताएका छन्।

Share Post on Social media