शिक्षामन्त्रीलाई कोरोना संक्रमण पुष्टि
असोज २५/काठमाडौं: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ ।
शनिबार ज्वरो आएपछि उनी पाटन अस्पताल भर्ना भएका थिए । परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले बताए ।
यसअघि पर्यटन मन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो।
Share Post on Social media
आफ्नो प्रतिक्रिया दिनुहोस्