यो वर्ष शक्तिपीठमा भीडभाड गर्न नपाइने

असोज ३०/काठमाडौं: गृह मन्त्रालयले ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गर्दै शक्तिपीठमा पूजाआजा तथा भीडभाड गर्न बन्द गर्न भनेको छ।

 कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कायमै रहेको भन्दै गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई शक्तिपीठमा भीडभाड हुन नदिन बिहीबार परिपत्र गरेको गृह मन्त्रालयका प्रवक्ता सह-सचिव चन्द्रबहादुर बुढाले जानकारी दिए । 

‘शक्तिपीठमा भीडभाड गर्नु भएन’, प्रवक्ता बुढाले भने, ‘नृत्यपूजाका लागि शक्तिपीठहरु खुल्छन्। तर, बली दिन र भीडभाड गर्न पाइँदैन।

Share Post on Social media