ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, एक घाइते

कार्तिक १/खबरकलम संवाददाता: स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नं ३ मा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ।

ग १ त ५६३७ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा २१ वर्षीय बिपिन जि.टीको ज्यान गएको छ भने १६ वर्षीय सुनिल रिजाल घाइते अवस्थामा रहेकोले उनलाई उपचारको लागि जिल्ला अस्पताल स्याङ्जा लगिएको छ ।
उक्त ट्याक्टर ड्राइभर भने फरार रहेेेकाे र खोजी भैरहेको प्रहरीले जनाएको छ।

Share Post on Social media