स्याङ्जामा २ सहित गण्डकी प्रदेशमा थपिए ३० कोरोना संक्रमित

कार्तिक १/खबरकलम संवाददाता: गण्डकी प्रदेशमा ३० जना कोरोना संक्रमित थपिएका छन्।

कास्की जिल्लामा २३ जना, बागलुङ तथा स्याङ्जा जिल्लामा २ जना, तनहुँमा १ जना, म्याग्दी र लमजुङ जिल्लामा १-१ जना गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

स्याङ्जामा संक्रमित हुनेमा हरिनाश गाउँपालिका-५ का ३३ वर्षीय पुरुष र पुतलीबजार नगरपालिका-१० का ३१ वर्षीय पुरुष छन्। योसँगै स्याङ्जामा कोरोना भाइरसका सक्रिय केश संख्या ५२ पुगेको छ।

Share Post on Social media