अब कोरोना परीक्षण र उपचार खर्च व्यक्ति स्वयंले बेहोर्नुपर्ने

कार्तिक २/काठमाडौं: सरकारले कोरोना भाइरसको परीक्षण तथा उपचार खर्च व्यक्ति स्वयंले बेहोर्नुपर्ने नियम लागू गरेको छ।

आर्थिक तथा सामाजिक रुपले पिछडिएका, एकल महिला, अनाथ, अग्रभागमा खटिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको भने खर्च सरकारले बेहोर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्।

कोरोना बिमा गरेका व्यक्तिलाई परीक्षण र उपचार गर्दा भने उक्त रकम बिमाबाट काटिने छ।

Share Post on Social media