स्याङ्जाको भीरकोटमा थपिए १० कोरोना संक्रमित

कार्तिक ३/खबरकलम संवाददाता: स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पोखरा क्षयरोग केन्द्रको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा ४ महिला र ६ पुरुष गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस अघि नै भीरकोटमा कोरोना संक्रमणबाट २ जनाको ज्यान गएपछि नगरपालिका सिल गरिएको छ।

Share Post on Social media