म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार एक हप्ताको लागि सिल

कार्तिक १४/खबरकलम संवाददाता: म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार एक हप्ताको लागि सिल गरिएको छ।

लक्षण सहितका कोरोना संक्रमित धमाधम देखिन थालेपछि सदरमुकाम सिल गरिएको हो।

जिल्ला प्रशासन कार्यालय, म्याग्दीले कात्तिक २१ गते १२ बजेसम्मका लागि बजार बन्द गरेको जानकारी प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले दिएका छन्।

उनले कोरोना भाइरस (कोभिड १९) संक्रमित जिल्लाबाट म्याग्दी जिल्लामा आवतजावत नगरिदिन पनि अनुरोध गरेका छन्।

Share Post on Social media