कोरोना संक्रमण बढ्न थालेपछि पर्वतको कुस्मा बजार पनि सिल गरियो

कार्तिक १४/खबरकलम संवाददाता: चाडबाडको‌ माहोल र कोरोना भाइरसका संक्रमित धमाधम थपिन थालेपछि जिल्ला जिल्लामा‌ निषेधाज्ञा जारी गर्ने क्रम बढेको छ।

म्याग्दी जिल्ला एक हप्ताको लागि सिल गरिएको छ भने पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजार पनि एक हप्ताको लागि सिल गरिएको छ।

आज जिल्ला प्रशासन कार्यालय पर्वतका प्रशासकीय अधिकृत विमलप्रसाद गौतमले सूचना जारी गरी कुश्मा नगरपालिका कार्यालय र सदरमुकाम क्षेत्रका ४, ५, ६ र ७ नम्बर वडा कार्यालयबाट प्रदान गरिने सेवा, सदरमुकामका बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवा र अत्यावश्यक बाहेकका पसल कात्तिक १४ गते राति १२ बजेदेखि कात्तिक २१ गते राति १२ बजेसम बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन्।

Share Post on Social media